arrow

संकटाको जिम्मा फेरि इन्द्रमानलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
sankata-club-committee-indraman-2079.jpg

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब संकटा फुटबल क्लबको अध्यक्षमा इन्द्रमान तुलाधर फेरि निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट तुलाधर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

तुलाधर अखिल नेपाल फुटबल संघका महासचिवसमेत रहिसकेका छन् । कर्माछिरिङ शेर्पाको नेतृत्वकालमा उनी महासचिव थिए । 

यस्तै उपाध्यक्षमा राजुमान तुलाधर, चन्द्रमान तुलाधर, राम सुवाल र राजेन्द्र तुलाधर निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा नलिनीदेवी सिंह, महासचिवमा रमेशध्वज बस्नेत, कोषाध्यक्षमा रविहर्ष बज्राचार्य, सचिवमा आशिषमान सिंह र सहकोषाध्यक्षमा राजेन्द्र खड्की निर्वाचित भएका छन् ।

महिला सदस्यमा नानी मैया डंगोल, सदस्यमा सुदन बज्राचार्य, आशिष चन्द्र शिख्राकार, रमेशमान तुलाधर, अजय तुलाधर, सन्नी शिख्राकार, कन्हैया बज्राचार्य, विमला  तुलाधर, विरेन्द्र महर्जन र सगुन शिख्राकार निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ