arrow

'शून्यको मूल्य' कर्णालीको ऐना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
Cover Sunya ko mulya nawaraj kc_page-0001.jpg

काठमाडौं । डा. नवराज केसीद्वारा लिखित पुस्तक पुस्तक  'शून्यको मूल्य' आज काठमाडौंमा डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेति, डा. रिता थापा र कलाकार सुरक्षा पन्तद्वारा सार्वजनिक भएको छ ।

बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो । लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत उनको पुस्तक सृजनात्मक गैरआख्यान विधाको हो । 

पुस्तकका बारेमा बोल्दै जनश्वास्थ्यविद डा. अरुणा उप्रेतीले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रियकोण प्रस्तुत गरेको उल्लेख गरिन् । डा. उप्रेतीले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कहानी भएको बताइन् । 

त्यस्तै अर्की वक्ता जनश्वास्थ्यविद डा. रिता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनमा नभनी रैथाने भाषामा भएकाले पुस्तकले पाठकलाई तानिरहने बताइन्। पुस्तकमा भावुकतामात्र नभइ वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उनको धारणा छ । स्वास्थ्य सेवालाई स्थानिय स्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नितिनिर्माताले बुझ्नुपर्ने उनले उल्लेख गरिन् । 

कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बँसाइको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको समिश्रण भएको मनछुने पुस्तक बनेको बताइन् । डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै यस पुस्तकले सर्वसाधारण पाठकदेखि नितिनिर्माण तहका पाठकलाई पनि तान्ने उनको धारणा थियो । 

विशेष डाक्टरहरु र नेता तथा नितिनिर्माण तहकाले नछुटाइ पढ्नुपर्ने यो पुस्तकले आमाको शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक श्वास्थ्यलाई दिगो विकासका लक्ष्यको शुरुवातमा राख्नुपर्ने कुरालाई जोड उनको भनाइ थियो । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहोर्याएर पढ्ने गरेको बताउँदै शून्यको मूल्य दोहोर्याएर पढेको बताए । सृजनात्मक गैर आख्यान विधाले आफूलाई पनि यसै पुस्तकमार्फत आकर्षित गरेको उनको भनाइ थियो।

डा. भट्टराईले शून्यको मूल्य विज्ञान र कलाको समिश्रण भएर पठनिय पुस्तक बनेको बताए। उनले भने,'जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्यो मैले गन्नै सकिन ।'

पुस्तकले संयुक्त राष्ट्रसंघको दिगो विकासको १७ लक्ष्यमा आमाको स्वास्थ्य त्योभन्दा माथि भएकाले पुस्तकले आमाहरुको स्वास्थ्य नै विकासको शुरुवात हो भन्ने कुरालाई बुझाएको बताउँदै डा. भट्टराईले यो पुस्तकको युगान्तकारी महत्व भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ