arrow

केही स्थानमा हल्का हिमपात हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
snows.JPG

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन छ दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ