arrow

वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
vechiles-pollution.jpg

काठमाडौं । काठमाडौंको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।  

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कायालयबाट संयुक्तरूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको  परीक्षणमा १४ सवारीसाधन असफल भए ।

सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

यस्ता सवारी साधानले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ