arrow

सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौँ। साताको चौथो कारोबार दिन बुधवार सेयर बजारमा ६४ बढेको छ। नेप्से परिसूचकमा ६४.८७ अङ्कले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ। आज ३.१५ प्रतिशतले सेयर बजार बढेको हो।

मङ्गलवार नेप्से परिसूचकमा ३.०३ अङ्कले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो।

साथै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै, सानिमा माई हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ।

यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघु वित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र धौलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ। कुल २०७ कम्पनीमा उकालो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ।

आज सबै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ। इन्भेस्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दा बढीले मूल्य वृद्धि भएको छ। बाँकी सबै उपसुचहरूमा पनि वृद्धि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ