arrow

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पाँच किस्तामा कर्जा भुक्तानी गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
nrb-bank.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ। बुधवार भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवसायीहरू आन्दोलित भएका बेला राष्ट्र बैङ्कले विशेष गरी पाँच वटा बुँदामा संशोधन गरेको बैङ्कका प्रवक्ता गुणकार भट्टले जानकारी दिए।

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरूले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए।

संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ