arrow

तराईमा अझ केही दिन शितलहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
cold-weather.jpg

काठमाडौं । तराईका भू-भागहरुमा मन्द शितलहरको अवस्था अझ १-२ दिन सम्म रहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । जनकपुर देखी सिमरा सम्म लागेको मन्द शितलहरको अवस्था हिजो देखी हटेर हाल बिहानीपख बाक्लो हुस्सु - कुहिरो लागेको छ।  

मौसम विश्लेषण अनुसार हाल नेपालको तराई भूभाग विशेषतः सिमरा देखी  नेपालगन्जका अधिकांश भू-भागहरुमा मध्यम किसिमको शितलहर देखिएको छ र नेपालगन्ज देखी पश्चिम तराईका भू_भागहरूमा मन्द शितलहरको अवस्था देखिएको छ। 

 सिमरा भन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्नुका साथै बिहान हुस्सु - कुहिरो लाग्ने सम्भावना छ । आगामी १ - २ दिन सम्म चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

विगत पाँच दिन देखि नेपालका तराई भूभागमा, मुख्यतया मध्य तराई र आसपासमा दिनभरि हुस्सु-कुहिरो लागेको अवस्था छ। यहाँको अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा कम हुन गई नेपालगन्ज, भैरहवा र सिमरा केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ