arrow

छ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
gun-bullet-ar.jpeg
सांकेतिक तस्विर ।

वासिङ्टन। अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ  वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रवार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको छ । बालकलाई हिरासतमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ