arrow

चिसोको अत्यास, उपत्यकामा आत्थुको अवस्था, तराईमा शीतलहर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अहिले देशभर चिसोले असर पुर्याउँदै गएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। चिसो बढ्ने क्रममै रहँदा जनजीवनमा असर पुर्याएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अबको एक साता अझै मौसम कठिन अवस्थामा रहने छ । उनले भने, ‘जनवरी मध्यसम्म मौसम घट्दो क्रममै रहने छ ।’

काठमाडौं उपत्यकामा अहिलेसम्म न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस यो वर्षको सबैभन्दा कम हो । हिजो शनिबार उक्त तापक्रम मापन गरिएको थियो । आइतबार बिहानको न्यूनतम तापक्रम बिहान ६ः३० बजे ३.५ डिग्री सेल्सियस मापन भएको छ । यो क्रम केही घट्ने मौसमविद् प्रधानाङ्गले बताए । 

त्यस्तै मुलुकभरकै तापक्रम घटेको छ । उता डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा ५ डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गए पनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

आज पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।  राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ