arrow

सत्ता गठबन्धन: प्रदेश सरकारमा बाँडफाँटको कुरा मिल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
sattagathbandhan-government.jpg
फाइल तस्विर।

काठमाडौं। सत्ता गठबन्धनले प्रदेश नेतृत्वको टुङ्गो लगाएको छ। बालुवाटार प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रदेशको नेतृत्व कल्ले र कसरी गर्ने भन्ने टुङ्गो लागेको हो।

स्रोतका अनुसार मधेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्नेछन्। वाग्मती र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने छन्।

त्यसैगरि लुम्बिनी र गण्डकीमा एमालेले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेशमा माओवादीले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्ने छ। प्रदेश नं १मा एमालेले मुख्यमन्त्री नियुक्त गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ