arrow

जनवरी १५ पछि जापानमा कोरोनाको लहर आउने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
japan-corona.jpg

काठमाडौं । बढ्दो कोरोना सङ्क्रमणका बीच जापान पनि अछुतो रहन सकेको छैन । जापानमा नयाँ लहरको खतरा बढेको छ । 

जापानका विज्ञहरूले कोरोनाको नयाँ लहर बारे चेतावनी दिएका छन् । विज्ञहरूले जनवरी १५ पछि कोरोनाका केसहरूमा लहर आउन सक्ने बताएका छन् ।

जापानमा हालसम्म ३ करोडमा कोरोना संक्रमण भएको छ । भने १ लाख ९० हजार जनामा नयाँ संक्रमण देखिएको छ । हिजो मात्र ४ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म ५९ हजार ८२२ जनाले ज्यान गुमाएका छन् । 

जापानले कोरोना संक्रमण रोक्न चीनबाट आउने यात्रुको परीक्षण अनिवार्य गरेको छ । अब चीनबाट जापान आउनेहरूको जापान पुग्ने बित्तिकै कोरोना परीक्षण गरिने भएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ