arrow

ढाक्यो तराई हुस्सु र कुहिरोले, काठमाडौंमा सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
fog-kathmandu.jpg
तस्बिर – फाइल ।

काठमाडौं । तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । तराईका धेरैजसो भागमा घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ । पहाडी क्षेत्रमा बदली छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो । काठमाडौं उपत्यकामा भने मौसममा सुधार आएको छ । आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । 

मौसमविद् बरुण पौडेलका अनुसार हिजोदेखि उपत्यकाको तापक्रममा सुधार आएको हो । त्यसअघिको दिनमा भने यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम रहेको थियो । पौडेलले अब काठमाडौंको तापक्रम घट्ने सम्भावना कम रहेको बताए । 

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । 

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ