arrow

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
Pig.jpg

तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका-६ मा आठ र म्याग्दे-५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।

म्याग्दे गाउँपालिका-५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका-६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ ।

भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले दिए ।

म्याग्दे गाउँपालिका-५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए ।

कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो ।

उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ