- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यपि साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आँकलन गरिएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार तराईको मौसममा केही सुधार भए पनि अर्को मौसमी प्रणाली आउँदै गर्दा त्यसले असर पार्न सक्ने देखिन्छ । त्यस्तै काठमाडौंमा पनि आंशिक बदली रहेको छ । न्यूनतम तापक्रम भने बढेर बिहान ४.७ डिग्री सेल्सियस पुगेको छ ।
उपत्यकामा बादल बढेको छ । महर्जनका अनुसार पानी पर्ने सम्भावना भने छैन ।