arrow

जापानमा एन्टी-सीप मिसाइल संख्या बढाउँदै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
south-korea-china-russia-japan-military-.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनलाई टक्कर दिने व्यापक प्रयासको एक हिस्साका रूपमा जापानमा आफ्नो एन्टी शिप (पानी जहाज विरुद्धका) मिसाइलको क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने भएको तीन अमेरिकी अधिकारीहरूले मंगलबार रोयटर्सलाई बताएका छन् ।

यद्यपि जापानमा अमेरिकाले आफ्नो सेनाको कुल संख्या भने थपघट गर्ने छैन । नयाँ तैनाथी यस वर्ष एशियामा सैन्य बलमा हुने घोषणाको शृङ्खलामा पहिलो हुन सक्ने ठानिएको छ ।

यसको उद्देश्य बेइजिङलाई कुनै पनि द्वन्द्व सुरु गर्नु अघि दुई पटक सोच्न बाध्य पार्ने हो ।

जापान र संयुक्त राज्य अमेरिका बीच लगभग एक वर्ष वार्ता पछि भएको यो सम्झौता रक्षा मन्त्री लोयड अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनीहरूका जापानी समकक्षीहरू बीच वाशिंगटनमा बैठक पछि बुधबार घोषणा गरिने बताइएको छ ।

अस्टिनले बिहीबार पेन्टागनमा जापानी रक्षामन्त्री यासुकाजु हमादासँग भेट गर्नेछन्, त्यसपछि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच भेट हुनेछ।

यो कदम गत महिना जापानले दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सैन्य निर्माणको अनावरण गरेपछि आएको हो । जापानले अनावरण गरेको एक व्यापक पाँच बर्षे योजना शान्तिवादी देशको हकमा सोच्न नसकिने भए पनि यस क्षेत्रमा चिनियाँ तनावले बाध्य पारेको जापानको जवाफ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार जापान अमेरिका गठबन्धनले तेस्रो पक्षको हित र क्षेत्रीय शान्ति र स्थायित्वलाई हानि नपुग्ने कुरामा ढुक्क हुनुपर्ने बताएका छन्। जापानमा रहेको विभिन्न अमेरिकी सैन्य अखडामा गरी त्यहाँ करिब ५० हजार अमेरिका सेना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ