arrow

दादुरा फैलिएपछि लम्बियो विद्यालयको बिदा

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष २७ बुधबार
prabhat-school-nepaljung.jpg

नेपालगञ्ज । दादुरा–रुबेला फैलिएपछि नेपालगञ्जका विद्यालयहरुमा बिदा लम्ब्याइएको छ । अत्यधिक चिसो बढेपछि पुस २४, २४ र २६ गते विद्यालयहरुमा बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा–रुबेला संक्रमण बढ्दै जाँदा थप दुई दिन बिदा लम्ब्याएको हो ।

शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले बुधबार एक सूचना निकालेर पूर्व निर्धारित परीक्षाहरुलाई असर नपर्ने गरी पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । 

पुस २३ गते शनिबार, २७ गते पृथ्वी जयन्ती, पुस ३० गते शनिबार तथा माघ १ र २ गते लुम्बिनी प्रदेश सरकारले माघीको बिदा दिने भएकाले नेपालगञ्जका विद्यालय १० दिन बन्द हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ