arrow

सिँधुवा बजारमा भीषण आगलागी : छ घर जलेर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
fire-final_1618024271.jpeg

धनकुटा ।  धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा छ घर जलेर खरानी भएको छ ।

बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरू घर पनि धेरै जलेका छन्”, उनले भने ।

छिमेकी जिल्ला तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो निभाइएको छ ।  आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ