arrow

बराहक्षेत्रको दर्शन गरिन् राष्ट्रपति भण्डारीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
vidya-devi-baraha-chhetra.jpg

धरान । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुगेकी छिन् । उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आएकी हुन् । 

आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन् । यसपछि उनले धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । 

हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ