arrow

एपीएफलाई हराउँदै वालिङ निलो फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
nike-football.ashx.jpg.jpeg

स्याङ्जा । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो ।

उक्त खेलमा वालिङ निलोका लागि अजय मार्टिन्सले निर्णायक गोल गरेका थिए । विजयी वालिङ निलोले शनिबार वालिङ युनाइटेड रातो र एभिनियरबीच हुने खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बुधबारको खेलमा वालिङ युनाइटेडका विश्वास श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दोस्रो सेमिफाइनल खेल आज वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ ।  

वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप स्याङ्जाकै सर्वाधिक राशिको प्रतियोगिता हो । शनिबार फाइनल खेल हुनेछ । हालसम्म लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र एपिएफ फुटबल क्लब काठमाडौँ प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगितामा उपाधि जित्ने टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ