arrow

सांसद खतिवडाको सांसद पक्राउको प्रश्नमा गृहमन्त्रीको सनातनी जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले संसद्मा हत्या आरोपितसमेत उपस्थित हुने गरेको भनेर प्रश्न उठाएका छन्। उनले नेकपा एमालेबाट महोत्तरी-१ बाट निर्वाचित सांसद लक्षमी कोईरी महतोप्रति लक्षित गरेर प्रश्न गरेका थिए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन संसद्मा उपस्थित भएर सांसद महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। एमालेबाट निर्वाचित सांसदले गृहमन्त्रीसँगसँगै मतदान गरेको समाचार बाहिरिएपछि गृहमन्त्रीले आफूले नचिनेको प्रतिक्रिया दिएका थिए।

त्यसलगत्तै गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिएको बताए पनि सांसद महतो फरार रहेका छन्। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

संसद्को बैठकमा बोल्दै गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताउँदै उनले प्रश्नको उत्तरलाई गोलमटोल बनाए। स्पष्ट वक्ताका रूपमा छवी बनाएका गृहमन्त्रीले उही पुरानो ढर्रा वा सनातनी पारा अनुसार नै गोलमटोल जवाफ दिएका छन्।

सांसद खतिवडालाई जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘सभाध्यक्षबाट रुलिङ भएको विषय त होइन। तर माननीय सदस्यले उठाउनुभएकोले म त्यसको जवाफ दिन चाहन्छु। फरार रहनुभएका मानिस हुनुहुन्छ, उहाँलाई पक्रनको लागि भन्नुभयो। गृह मन्त्रालय विधि, पद्धतिभन्दा एक इन्च बाहिर निस्किँदैन। यो ग्यारेन्टी गराउन चाहन्छु। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने यसअगाडि नै सदनलाई जानकारी गराइएको छ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ