arrow

माओवादी र एसबीच औपचारिक संवाद शुरु, पार्टी एकतासम्ममा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
prachanda-nepal-action.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीबीच औपचारिक संवाद सुरु भएको छ । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुरमा नेपालबीच भेटघाट भए लगत्तै दिउसो दुई पार्टीका वार्ता समितिका सदस्यहरूले औपचारिक संवाद शुरु गरेका हुन् । 

संवादको क्रममा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई  पार्टीका दस्ताबेज आदानप्रदान गरिएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बताए । ‘निरन्तर संवाद सुरु भएकाले पार्टी एकताको बिन्दुसम्म यात्रा तय गर्ने गरी अगाडी बढेका छौ अब हेरौँ कति सम्भव हुन्छ’, उपमहासचिव ज्वालाले भने । 

संवादमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा (एकीकृत समाजवादी)बाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता थियो । नेकपा एसले यसअघि जसपासँग पनि पार्टीको आधिकारिक दस्ताबेजहरू अध्ययन गर्न दुई नेतालाई जिम्मा दिएको थियो जसपाका तर्फबाट गोविन्द चौधरी र एसका तर्फबाट विजय पौडेलले त्यसको जिम्मा लिएका छन् । 

तर आज माओवादी र एसका वार्ता समितिकै बैठक बसेर दस्ताबेजहरू आदानप्रदान भएको थियो । नेकपा एसले माओवादीसँग चुनाव अघि नै पार्टी एकता गर्ने निर्णय गरेको थियो । सोही प्रक्रिया अन्तर्गत एसले माओवादीसँग पार्टी एकीकरणका लागि प्रस्ताव गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ