arrow

वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
jumla-news-aaja.jpeg

जुम्ला । यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बताए ।  

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन् । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने कषि विकास कार्यालयका प्रविधिक सुकिराम नेपालीको भनाइ छ ।  

यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानमा छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य सङ्कट निम्तिने किसान बताउँछन् । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका छैनन् । 

छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । 

हिउँदे बालीका लागि आकाशे वर्षा लामो समयसम्म नहुनु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा पनि संलग्न रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ