arrow

माछापुच्छ्रे बैङ्कको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
mbl-employee provident fund-exchange-counter.jpg

काठमाडौँ। सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्क लिमिटेले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैङ्कले  यही माघ ०९ गते सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। 

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। सो एक्सटेन्सन काउन्टरको स्थापना भए सँगै बैङ्कको हाल सम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।

माछापुच्छ्रे बैङ्कले देशका हरेक वर्ग तथा समुदाय सम्म बैङ्किङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप सङ्कलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैङ्किङ सुविधाहरू समेत प्रदान गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ