arrow

प्रेम आचार्यको मृत्युपछि गृहमन्त्रीले भने- म दोषी छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं । आत्मदाहबाट इलामका प्रेम प्रसाद आचार्यको मृत्युपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उनको निर्णय फेर्न नसक्नमा आफू दोषी भएको बताएका छन् ।

गृहमन्त्रीले आज ट्विट गर्दै  नयाँ दलहरूको आगमनले समेत आत्मदाहको निर्णय फेर्न नसकेकोमा आफू दोषी रहेको बताएका हुन् । नयाँ  दल र नेताको रूपमा आफूहरूले आशा जगाउन नसकेको भन्दै माफ समेत मागेका छन् ।

'आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईँमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी,नयाँ  दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ, हामीलाई  माफ गर्नु होला।' गृहमन्त्री लामिछानेले लेखेका छन् ।  

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ