arrow

पत्रकार घिमिरेमाथि स्याङ्जामा आक्रमण प्रयास, महासंघको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Pralhad_Ghimire.jpg

पोखरा । पोखराका पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई समाचार संकलनका क्रममा स्याङ्जामा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव माधव बरालले आज एक विज्ञप्ति जारी गर्दैै समाचार संकलनकाक्रममा पत्रकार घिमिरेमाथि दुर्व्यवहार र भौतिक आक्रमणकै प्रयास गरिनु प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको उल्लेख गरेका छन् । 

महासंघले घटनामा संलग्न दोषीलाई तत्काल कानून बमोजिम कार्वाही गर्न माग गर्दै आगामी दिनमा पत्रकारलाई भएरहित, निर्वाधरुपमा समाचार संकलन, प्रशारण र प्रकाशनको वातावारण मिलाउन आग्रह गरेको छ । 

पत्रकार घिमिरे स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ४ वाङसिंह दहमा खानेपानी आयोजनाको बारेमा समाचार संकलनका लागि पुगेका थिए । त्यहाँ पुगेर भिडियो सामाग्री लिनेक्रममा स्थानीयहरुले आपत्तिजनक शब्दहरु प्रयोग गरि पत्रकार घिमिरेमाथि आक्रमणको प्रसास गरेका थिए ।

पत्रकार घिमिरेले भने, ‘मैले प्रष्टरुपमा म पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदासमेत उनीहरुले भिडियो किन खिचेको ? भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरे ।’

‘स्थानीय दह ठूलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतले गाउँका अन्य व्यक्तिलाईसमेत उक्साएर मप्रति दुर्व्यवहार गरेका छन् । उनीहरुले ममाथि गरेका प्रमाण मसंग सुरक्षित छन्’, उनले भने ।

पत्रकार घिमिरे पोखरास्थित फेवा टेलिभिजन र समाचारपाटी डटकममा आवद्ध छन् ।

प्रेस विज्ञप्ति



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ