arrow

ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हटाउँदै मेटा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
trump17.jpg

काठमाडौं। मेटाले डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको निलम्बन हटाउने घोषणा गरेको छ। ट्रम्पका खातामाथि लागेको दुई वर्षको निलम्बन आउँदा दिनहरूमा समाप्त हुने भएसँगै ट्रम्पको खाता फेसबुक र इन्स्टाग्राममा फिर्ता आउने कम्पनीले जनाएको हो।

एक विज्ञप्तिमा, मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले जनताले 'उनका राजनीतिज्ञहरूले के भनिरहेका छन् भनेर सुन्न सक्षम हुनुपर्ने,' बताएका छन्।

सन् २०२१ को क्यापिटल दङ्गापछि तत्कालीन अमेरिकी राष्ट्रपतिलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकाका लागि निलम्बन गरिएको थियो।

'क्यापिटलको हिंसामा संलग्न व्यक्तिहरूका लागि ट्रम्पको प्रशंसा'पछि फर्मले कारबाही गरेको जनाएको छ।

'निलम्बन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय थियो,' उनले भनेका छन्। यसअघि ट्विटरले केही साता अघि नै ट्रम्पको अकाउन्टमाथिको निलम्बन हटाइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ