arrow

दुई लघुवित्तले घोषणा गरे लाभांश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
microfinance1.jpg

काठमाडौं। दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद  गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रु १२ करोड १७ लाख ८२ हजार १५० छ । 

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रु २७ करोड छ । 

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ