arrow

संस्थापकका नातिको राजीनामासँगै लेक्ससका प्रमुख टोयोटाका सीईओ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Akio Toyoda-Koji Sato-Toyota.jpg

काठमाडौं। टोयोटा मोटर कर्पका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ६६ वर्षीय अकियो टोयोडाले पदबाट राजीनामा दिने भएका छन्।

कम्पनीले बिहीबार आफ्नो लक्जरी कार इकाईका अध्यक्ष एवं प्रमुख ब्रान्डिङ अफिसर ५३ वर्षीय कोजी सातोले पद सम्हाल्ने बताएको हो।अकियो टोयोडाको अध्यक्ष बन्ने र अप्रिल १ देखि कोजी सातो सीईओ बन्ने भएका हुन् ।

वर्तमान अध्यक्ष ताकेशी उचियामाडाले अध्यक्ष पद त्यागे पनि बोर्डमा रहनेछन् ।कम्पनीका संस्थापक किचिरो टोयोडाका नाती अकियो टोयोडापछि कम्पनीको सीईओ को बन्ने भन्ने चासोको बिषय थियो।

टोयोडा सीईओ रहँदा अटोमेकर कम्पनीले हाइड्रोजनमा लगानीसँगै प्रियस मोडलको कारसँग अघि सारेको हाइब्रिड प्रविधि महत्त्वपूर्ण रहने तर्क गरेको छ भने, विद्युतीय सवारीसाधनमा सुस्त गति अपनाएको छ।

यसले कुनै बेला यसको प्रविधि र वातावरणीय रेकर्डको प्रशंसा गर्ने लगानीकर्ता र कार्यकर्ताहरूबाट अहिले भने, आलोचनालाई उत्प्रेरित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ