- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। संयुक्त राज्यका केही राज्यमध्ये पछिल्लो पटक मेरील्याण्डले गत सरकारी उपकरणहरू र नेटवर्कमा टिकटकलाई प्रतिबन्ध लगाएको छ।
यसबीच अर्काे राज्य कनेक्टिकटका साइबर सुरक्षा अधिकारीहरूले यस बिषयमा मार्गदर्शनका लागि फेडर ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)कहाँ पुगेका थिए।
कनेक्टिकटका साइबर सुरक्षा अधिकारीहरुले टिकटकलाई प्रतिबन्ध लगाउन एफबीआईसँग कुनै प्रमाण छ कि भनेर जान्न खोजेका थिए।
एफबीआईको नेतृत्व तह र रिपब्लिकन गभर्नरहरूले चिनियाँ स्वामित्वको एप टिकटकले गोपनीयता र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा खडा गरेको भन्दै आएका छन्। तर, एफबीआईले भने त्यस्तो कुनै प्रमाण कनेक्टिकटका अधिकारीहरुलाई दिन सकेन्।
'गुड मर्निङ जेन्टलम्यान, मेरिल्याण्ड यसको प्रयोगलाई प्रतिबन्ध अघि सरेपछि हामी टिकटकबारे कुनै पनि रिकोमेन्डेसन खोजिरहेका छौं,' कनेक्टिकटका लागि प्रमुख सूचना सुरक्षा अधिकारी जेफ ब्राउनले डिसेम्बर ७ मा एफबीआईलाई ईमेलमा भनेका छन्।
'हाम्रो तर्क तल कैद गरिएको छ, तर हामी तपाईंको विचारहरूमा रुचि राख्नेछौं। कुनै पनि प्रतिक्रियाको कदर गर्छाैं,' ब्राउनले इमेलमा भनेका छन्, जुन साइबरसेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए) र होमल्याण्ड सेक्युरिटी विभागलाई पनि पठाइएको छ।
त्यसपछि कनेक्टिकटमा साइबर अपराधमा केन्द्रित टोलीको नेतृत्व गर्ने एफबीआईको एजेन्टले ब्राउनलाई ईमेलमा भनेका छन्,'मैले हाम्रो मुख्यालयका एक विश्लेषकलाई यसबारे बुझ्न आग्रह गरे, उनले मलाई दिनको अन्त्यमा इमेल गरे कि हामीसँग सेयर गर्न कुनै थप प्रमाण फेला पर्न सकेन।'
टिकटक प्रतिबन्धको घोषणा गर्ने मेरील्याण्ड र अन्य राज्यहरूले 'सामान्यतया चीनको बारेमा समाचार रिपोर्टहरू र अन्य खुला स्रोत जानकारीमा आधारित निर्णय गरेको देखिन्छ, टिकटकमा विशेष होइन,' एफबीआई एजेन्टले आफ्नो विश्लेषकलाई उद्धृत गर्दै भनेका छन्।