arrow

त्रिकोणात्मक शृङ्खला लागि बन्द प्रशिक्षणमा रहने नेपाली क्रिकेट टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
league-2.jpg
काठमाडौं। नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित विश्वकप लिग-२ अन्तर्गत नेपालले सातौँ त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको हो।

नेपाल क्रिकेट सङ्घले बन्द प्रशिक्षणमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, आशीफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, विनोद भण्डारी, खुशल मल्ल, शन्दिप जोरा, मौसम ढकाल, अनिल शाह, बिक्रम शोब, भुवन कार्की, अंकित शुवेदी, भिम शार्की रहेका छन्।

त्यसैगरि अन्य खेलाडीहरूमा किशोर महतो, कमल सिंह ऐरी, अर्जुन साउद, सिद्धान्त लोहोनी र ललित राजवंशी रहेका छन्।

श्रृखंलामा नामिविया र स्कटल्यण्ड समावेश हुनेछन्। फागुन २ देखी ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा उक्त शृङ्खला आयोजना हुनेछ।

नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ। सात टोली सम्मिलित लिग-२मा नेपाल २४ खेलमा ८ विजय सहित १८ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ। स्कटल्यान्ड लिगको टुप्पोमा छ भने नामिविया तेस्रो स्थानमा रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता बचाउन नेपालले खेल्न बाँकी रहेको १२ खेलमा कम्तीमा ९ खेल जित्नु पर्ने छ ।जुन समीकरण अलि गाह्रो देखिएको छ। घरेलु मैदान र दर्शकको फाइदा भने नेपाललाई हुनेछ। उक्त फाइदालाई उपयोग गर्न सके यहीशृङ्खला नेपालको भविष्य प्रष्ट देखिने छ।

यो शृङ्खला लगत्तै नेपाल-युएई-पपुवा न्युगिनीसँग नेपालमा अर्कोशृङ्खला खेल्ने छ । जुन तुलनात्मक रूपमा स्कटल्यान्ड ‍नामिविया सम्मिलितशृङ्खला भन्दा सजिलो हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ