arrow

अस्पताल मालिकसहित पाँच जनाको मृत्यु

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७९ माघ १४ शनिबार
death photo.jpg

नयाँ दिल्ली। भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । 

आगो अस्पतालको दोस्रो तलामा  फैलिएको थियो । आगोमा परेर अस्पतालका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ । 

अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताएका छन् ।  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ