arrow

दुई भारतीय लडाकु विमान दुर्घटना हुँदा एक पाइलटको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
fighter-jet-crash-india.jpg

काठमाडौं। शनिबार भारतीय वायुसेनाको दुई लडाकु विमान सुखोई एसयू-३० र मिराज २००० प्रशिक्षण अभ्यासको क्रममा दुर्घटना हुँदा एक पाइलटको ज्यान गएको छ।

यीमध्ये एउटा विमान मध्य प्रदेशको मुरैनामा दुर्घटना भएको थियो भने, अर्को राजस्थानको भरतपुरमा १०० किलोमिटर तल खसेको थियो।

सुखोई लडाकु विमानमा दुई पाइलट थिए भने मिराजमा एक जना पाइलट थिए। दुवै विमान भारतीय वायुसेनाले फ्रन्टलाइनमा प्रयोग गर्दै आएको थियो। 

सुखोईका दुई पाइलटहरू बाहिर निस्कन सफल भएसँगै उनीहरूलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो।

दुबै लडाकु विमानहरू ग्वालियर वायुसेना बेसबाट उडेका थिए जसमा रुसी डिजाइन गरिएको सुखोई र फ्रान्सेली मिराज २००० दुवैको स्क्वाड्रनहरू छन्।

मोरेनाका स्थानीयहरूले खिचेको घटनास्थलको भिडियोमा विमानको धुवाँ र भग्नावशेष टुक्रा देख्न सकिन्छ।

वायुसेनाले आकाशमा ठोक्किएर दुर्घटना भएकी भनेर अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ