arrow

अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने नेपाल भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
Victoria-Nuland-us-nepal.jpg

काठमाडौं। राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुग्ने भएकी छिन् ।अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपविदेश मन्त्री नुल्यान्डले नेपालमा नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डाबारे छलफल गर्ने बताएको छ ।

प्रतिनिधिसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेयता यो उच्च अमेरिकी अधिकारीको पहिलो नेपाल भ्रमण हो।

गत वर्ष सन् २०२२ को मेमा नागरिक सुरक्षा प्रजातन्त्र र मानव अधिकारका लागि अमेरिकी उप विदेशमनत्री उज्रा जेयाको भ्रमणयता पनि नेपाल आउने नुल्यान्ड नै उच्च अधिकारी हुन्।

जर्ज डब्लु बुश, बराक ओबामादेखि जो बाइडेनको प्रशासनमा काम गरिसकेकी नुल्यान्ड एक अनुभवी अमेरिकी कूटनीतिज्ञ हुन्।

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उच्च सरकारी अधिकारीसँग भेट गर्ने बताइएको छ। नेपाल भ्रमण सकिनुअघि उनले पत्रकारहरुसँग पनि अन्तरक्रिया गर्ने बताइएको छ।

काठमाडौंमा नयाँ सरकारसँग संलग्नता र अन्तरक्रिया गर्ने बाइडेन प्रशासनको यो पछिल्लो प्रयास हो । ५० करोड अमेरिकी डलरको एमसीसी परियोजना नेपालमा आउँदो अगस्टदेखि शुरु हुँदैछ। अमेरिकी सरकारले यसलाई कुनै पनि अवरोध बिना कार्यान्वयन भएको सुनिश्चित गर्न चाहेको छ।

२८ जनवरी देखि फेब्रुअरी ३ सम्म दुई दिने नेपाल भ्रमणसहित उप विदेशमन्त्री नुल्यान्डले भारत, श्रीलंका र कतारको समेत भ्रमण गर्ने भएकी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ