arrow

पहिलो विदेश भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
Bimala-rai-poudel.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्का जाने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री पौड्यालको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चार दिने भ्रमणमा पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरू हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्किने कार्यक्रम छ ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् ।  

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछ । उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र मालदिभ्सका विदेश मन्त्री लगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ