arrow

श्रीलंका प्रस्थान गर्दै परराष्ट्र मन्त्री

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
Bimala-rai-poudel.jpg

काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्याल आज श्रीलंका जाने भएकी छन् । श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा परराष्ट्र मन्त्री डा विमला त्यहाँ जान लागेकी हुन् । 

परराष्ट्र मन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका-मा सहभागी हुने कार्यक्रम छ ।

यसै गरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछ ।

परराष्ट्र मन्त्री  पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् ।  परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् । 

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ