माछापुच्छ्रे बैङ्कका ग्राहकहरूलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
768
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेड र फ्रन्टलाइन अस्पताल बीच बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले फ्रन्टलाइन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशत सम्म छुट पाउनेछन्। जस अन्तर्गत फ्रन्टलाइन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू ओपिडी, बेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरूको शुल्कमा न्यूनतम ५ प्रतिशत देखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैङ्कले जनाएको छ। सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौँबाट सेवा प्रदान गर्दै आई रहेको छ। बैङ्कका ग्राहकहरूले उक्त छुट, बैङ्कको डेबिट-क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
माछापुच्छ्रे बैङ्कले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसाय सँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ।
माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैङ्किङ सेवा, २०६ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।