arrow

अयोध्यामा नेपाल हाउस बनाउने योगी आदित्यनाथको प्रतिबद्धता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
yogi-aadityanath-nepali-toli.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नेतृत्वमा गएको चार सदस्यीय नेपाली टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ । बिहीबार मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता भएको हो ।

नेपालको कालीगण्डकी नदीबाट ल्याइएको देवशीला हस्तान्तरणका लागि पुगेको नेपाली टोलीसँग मुख्यमन्त्री योगीले नेपाल भारतबीच सदियौंदेखि रहेको सांस्कृतिक सम्बन्धको खुलेर प्रशंसा गरेका थिए ।   

सो अवसरमा नेपाल भारत एक आपसमा सहकार्य गरेर हिँड्नु एक अर्काको लागि सुखद र हितकर हुने विश्वास ब्यक्त गरिएको थियो । त्यस्तै जनकनन्दनी  माता जानकी बिना श्रीराम र अयोध्या कहिल्यै पूर्ण नहुने भएकाले जय श्रीरामसँगै जय सियाराम एक साथ भन्ने गरेको भन्दै यसको अर्थ माता जानकीमाथि असिम श्रद्धा राख्ने आदित्यनाथले बताए ।  

त्यस्तै शाहले अयोध्यामा नेपाल हाउस बनाउन राखेको प्रस्तावमा आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता ब्यक्त गरे । योगी आदित्यनाथलाई शाहले नेपाल भ्रमणको लागि पनि आग्रह गरे । 

ईश्वरको कृपा भए छिट्टै नेपाल भ्रमण हुने विश्वास ब्यक्त गर्दै उनले आफू ईश्वरको आदेशमा चल्ने व्यक्ति भएको हुनाले ईश्वरको आदेश बिना आफूले मात्र चाह राखेर भ्रमण नहुने बताए । 

उनले नेपाल र भारतबीचको सम्बन्धलाई दुवै पक्षले गम्भीरपूर्वक लिनु पर्नेमा विशेष जोड दिए । 

भेटवार्ता टोलीमा नेपाल फाउन्डेसनका अध्यक्ष विकाश ठाकुर एवं संचारकर्मी अनन्त अनुराग पनि सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ