arrow

ए डिभिजन लिगको विजेतालाई ७५ लाख, १२ करोड खर्च हुने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
anfa-logo-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी फागुन १९ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ७५ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै उपविजेता क्लबले ५० लाख तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउने छ । फेयर प्लेले तीन लाख पाउने छ । 

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी १४ वटै क्लबलाई तयारीका लागि पहिलो किस्ता स्वरुप प्रति क्लब १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको जनाएको छ । 

एन्फाले पाँचौं चरणसम्मको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन् । लिग संचालन गर्न १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान एन्फाको रहेको एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ