arrow

एकीकृत समाजवादीको बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
madhav-kumar-nepal-cpn-us.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ  ।

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा केन्द्रीय कमिटीको बैठक शुरु भएको हो । दुई दिवसीय बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटनन गरेका छन् । 

आज अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल भइरहेको छ । 

उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने बताइएको छ । 

सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । 

बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ