arrow

सिक्किम अशान्तः नेपाली भाषीलाई विदेशी भनेपछि आन्दोलन, ४८ घन्टे धर्ना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
sikkim-against-supreme-court.jpg

झापा । सिक्किमका नेपाली भाषीलाई भारतीय सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ । भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘विदेशी’भनेको भन्दै सो आदेश त्रुटि सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए । शनिवारदेखि भएको धर्ना आज पनि जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ