- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उनले मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए ।
“नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ”, उनले भने, “देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ । दृष्टिकोण सहितको नेताको अभावले जनताले दुःख पाइरहेका छन् ।”
पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उहाँनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए । “तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन”, उनले भने ।
छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत मुलुकले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताए । अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उनले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको प्रष्ट्याए ।
“राजस्वले चालु खर्च धान्न सकेको छैन । विदेशी मुद्रा सञ्चिती घटिरहेको छ । हामीले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गर्यौँ”, उनले भने, “आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर हामीले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।”