arrow

रविको अभिव्यक्तिप्रति पत्रकार महासंघले गर्‍यो कडा शब्दमा निन्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
FNJ-Final.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज भएको पत्रकार सम्मेलनमा बोल्दै रविले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रभार भएको महासंघले जनाएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै महासंघले संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान एवं गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको जनाएको छ । 

महासंघले लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दासमेत गरेको छ । साथै आफ्नो अभिव्यक्तिm फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघले जोडदार मागसमेत गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ