arrow

प्रचण्डको भागमा थपियो रास्वपा बाहिरिएपछिका मन्त्रालयको जिम्मा   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
rsp-ministers-quit-2079-10-22.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले  पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । 

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए ।

उनीहरुको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार रास्वपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ