arrow

प्रचण्ड, देउवा र ओलीबीच छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिन लागेको भन्दै प्रमुख  सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीमा सशंय पैदा भइरहेका बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ