arrow

अमेरिकी आकाशमा उडेको 'चिनियाँ सैन्य जासुसी बेलुन' भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
chinese-ballon-us.jpg

काठमाडौं। अमेरिकी गुप्तचर स्रोतले शनिबार खसालेको बेलुन चिनियाँ सेनाले जासुसीका लागि प्रयोग गर्ने गरेको दाबी गरेका छन् । वाशिंगटन पोस्टले नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै यस्ता बेलुन रणनीतिक रूपमा सान्दर्भिक देशमा गुप्तचर जानकारी संकलन गर्न प्रयोग गरिने उल्लेख गरेको छ ।

जापान, भारत, ताइवान र फिलिपिन्सजस्ता ठाउँमा यस्ता बेलुन प्रयोग हुन सक्ने बताइएको छ । चिनियाँ अधिकारीहरूले भने यसअघि नै जासुसीका लागि यस्ता बेलुनहरू प्रयोग गर्ने कुरा अस्वीकार गरिसकेका छन् ।

एक अधिकारीले वाशिंगटन पोस्टलाई अमेरिकी गुप्तचर समुदायले केही बेलुनहरू नौसेनाको सैन्य अखडासमेत रहेको दक्षिणी चिनियाँ टापु हाइनानबाट उडाइएको विश्वास गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले अमेरिकी गुप्तचर समुदायले बेलुनलाई हाइनानबाट पिपुल्स लिबरेसन आर्मीले सञ्चालन गरेको हवाइ निगरानी कार्यक्रमको एक हिस्सा हो भन्ने विश्वास गरेको जनाएको छ ।

सोमबार अमेरिकाले कथित जासूसीको बारेमा ४० सहयोगी देशहरूलाई जानकारी गराएको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ