- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माछापुच्छ्रे बैंकले दुई वटा अस्पतालमा ग्राहकका लागि विशेष छुटको सम्झौता गरेको छ । चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरसँग माछापुच्छ्रेले सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका ग्राहकले भक्तपुरमा रहेको भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यस्तै काठमाडौंको बसुन्धारामा रहेको चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने सेवामा पाँचदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएको छ ।