arrow

कांग्रेसलाई विपक्षी दल नबनाउन दायर रिटमा कारण देखाऊ आदेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
supreme-court-long.jpg
फाइल तस्बिर

काठमाडौं। नेपाली कांग्रेसलाई प्रतिपक्ष सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुविधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ