arrow

गुगलको 'बार्ड च्याटबट'को गल्तीले गुम्यो सय अर्ब डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
open-ai-chatgpt-bard-google.jpg

काठमाडौं। गुगलले आफू कृत्रिम बुद्धिमत्ता (एआई) मा पनि सबैभन्दा अगाडि रहेको भनेर मानिसहरूलाई आश्वस्त पार्ने तरिकाहरू खोजिरहेको छ। तथापि यसका नयाँ कदमहरु असफल जस्तो हुँदै गएका छन् ।

तीन दिनअघि मात्रै गुगल र यसको अभिभावक कम्पनी अल्फाबेटका सीईओ सुन्दर पीचाइले कम्पनीले एआईमा आधारित च्याटबट 'बार्ड' ल्याएको सार्वजनिक गरेका छन् ।

यसअघि ओपनएआई संस्थाले बनाएको च्याटजीपीटी एआई च्याटबटलाई माइक्रोसफ्ट कम्पनीले समर्थन गरेपछि गुगलले एआई क्षेत्रबाट पछि पर्ने र गुगलको सर्च इञ्जिन नै पछि पर्न सक्ने अनुमान हुन थालेको थियो ।

यस्तोमा गुगलले आफू पनि अघि नै रहेको भन्ने देखाउन बार्ड च्याटबट सार्वजनिक गरेको थियो। तर गुगलको बार्ड च्याटबटले गलत जवाफ दिएसँगै बुधबार कम्पनीको सेयर करिब ८ प्रतिशतले घटेको छ ।

सोमबार बार्डको प्रमोशनका लागि ट्विटरमा पोस्ट गरिएको प्रश्न जवाफको फोटोमा जेम्स वेब स्पेस टेलिस्कोपको पछिल्लो खोजहरूबारे नौ वर्षको बच्चालाई के भन्ने भनेर प्रश्न सोधिएको थियो ।

त्यसको जवाफमा बार्ड च्याटबटले जेम्स वेब स्पेस टेलिस्कोप पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिरहरू लिने पहिलो टेलिस्कोप भएको भन्दै जवाफ दियो । तर वास्तवमा सन् २००४ मा नै युरोपियन साउर्थन अब्जरभेट्री भेरी लार्ज टेलिस्कोप (भीएलटी) ले एक्जो प्लानेट अथवा बाह्य ग्रहको तस्बिर खिचिसकेको थियो ।

गुगलको क्षमतामाथि प्रश्न उठेसँगै कम्पनीको शेयरमा ठूलो गिरावट आउँदा कम्पनीले १०० अर्ब अमेरिकी डलरको बजार भ्यालु गुमाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ