arrow

बसको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
accident-1.jpg

पोखरा । पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजिना आचार्य रहेकी छिन् ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार पृथ्वीचोकको चाइनापुल नजिकै सो दुर्घटना भएको हो । 

चाइनापुलबाट पृथ्वीचोकतर्फ आउनेक्रममा आचार्य सवार ग१५प २४७६ नम्बरको स्कूटरलाई ना८ख ५२५१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा दुर्घटना भएको प्रहरी वरिष्ठ नायव निरीक्षक पाठकले बताए ।

सो दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपाली आफै ट्राफिक प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ