पोखरा । पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजिना आचार्य रहेकी छिन् ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार पृथ्वीचोकको चाइनापुल नजिकै सो दुर्घटना भएको हो ।